नेपाल सुपर लिग: पोखरासँग चितवन पराजित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको छ।

तस्वीर : एनएसएल

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो।

पोखराको जितका लागि मोसेस ग्याबाह उमले गरेको गोल नै निर्णायक बन्यो। दोस्रो हाफको ७१औँ मिनेटमा मोसेस ग्याबाहले गोल गरेका थिए। जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ।

यसअघि साबिक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी स्पोर्टिङ्स इलाम ‘डी’ मेचीलाई पराजित गर्दै विजयी शुरूआत गरेको थियो। इलामका लागि राजीव लोप्चनले गरेको गोल नै निर्णायक बन्यो।