पौडेललाई विविधअन्तर्गत डिजिटल सञ्चारमाध्यमका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरेको गुप्ताले बताए।
काठमाडौँ– २३औँ पर्सा दिवसका अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा उकालोकर्मी मनिष पौडेल सम्मानित भएका छन्।
पर्सा दिवस हरेक वर्ष कात्तिक २६ गते मनाउने गरेकोमा यस वर्ष लक्ष्मीपूजा परेकाले मंसिर ९ गते मनाइएको थियो। केन्द्रका अध्यक्ष उमेश गुप्ताका अनुसार शनिबार गरिएको कार्यक्रममा विभिन्न १० विधामा योगदान पुर्याएका व्यक्तिलाई सम्मानित गरेको थियो।
पौडेललाई विविधअन्तर्गत डिजिटल सञ्चारमाध्यमका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरेको गुप्ताले बताए। पौडेल गत १८ वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छन्।
यसबाहेक, शिक्षाअन्तर्गत त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्रका पूर्वप्राध्यापक डा. रामदेश तिवारी, स्वास्थ्यमा स्त्रीरोग विशेषज्ञ डा. अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा मनोज राम लगायतलाई सम्मान गरिएको छ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मानपत्र प्रदान गरेका थिए भने विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
