नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्।
बाँके– नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। पार्कीले दोस्रो पटक नेपालगन्ज म्याराथनको उपाधि जितेका हुन्। उनले यसअघि छैटौँ संस्करण जितेका थिए।
पार्कीले नेपालगन्ज म्याराथन २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गरेका हुन्। उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पारे। गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दूरी पार गरेर उपाधि जितेका खड्का यसपटक २ घण्टा २२ मिनेट एक सेकेन्डमा दूरी पार गरेर दोस्रो भएका छन्।
सातौँ संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन्। उनले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दूरी पार गरे। सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौँ, प्रेमबहादुर बस्नेत छैटौँ, शेरबहादुर बूढा सातौँ र अजय विके आठौँ भएका छन्।
म्याराथनको उपाधि जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार नगद राशि पाएका छन्। विष्टले २५ हजार, जोशीले १५ हजार, बस्नेतले १० हजार, बूढा र विकेले ५/५ हजार नगल पुरस्कार पाएका छन्।
हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्। लगातार तेस्रो पटक उपाधि जित्दै श्रेष्ठले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छन्। उनले एक घण्टा २० मिनेट ५१ सेकेन्डमा दूरी पार गरिन्।
आठौँ संस्करणमा उनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी पार गरेकी थिइन्। हाफ म्याराथनमा फूलमति राना दोस्रो भएकी छन्। उनले एक घण्टा २१ मिनेट एक सेकेन्डमा दूरी पार गरिन्। रानाले ५० हजार पुरस्कार पाइन्।
छैटौँ संस्करणमा उपाधि जितेकी पुष्पा भण्डारी तेस्रो भएकी छन्। एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दूरी पारेकी उनले २५ हजार पुरस्कार पाएकी छन्। चौथो भएकी विन्द्राधान्के श्रेष्ठले १५ हजार, पाँचौँ राज्यलक्ष्मी रावलले १० हजार, छैटौँ भएकी गणना भण्डारीले ५ हजार पुरस्कार पाएकी छन्।
१० किलोमिटर दौडमा पुरुषतर्फ दुर्गाबहादुर बूढा, नरेन्द्रसिंह रावल र धर्म महर्जन क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन्। १० किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, आशा रावत दोस्रो र मनसरा बूढा तेस्रो भएका छन्। १० किलोमिटर दौडको महिला र पुरुष दुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।
स्कुलस्तरीय ५ किलोमिटर दौडमा छात्रतर्फ दीपेन्द्र बोहरा प्रथम, अजय पाण्डे दोस्रो र सरोज सिंह तेस्रो भएका छन् । छात्रातर्फ कल्पना बूढा प्रथम, विमला कार्की दोस्रो र मोतीकला डाँगी तेस्रो भएका छन्। उनीहरूले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाए।
५ किलोमिटर ह्वीलचियरमा पुरुषतर्फ यज्ञबहादुर खत्री प्रथम, रोहितकुमार तमोली दोस्रो र शमशेर अलि बेहना तेस्रो भएका छन्। उनीहरूले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन्। ५ किलोमिटर ह्वीलचियरको महिलातर्फ देउकुमारी थारु प्रथम र श्यामकली थारु दोस्रो भएका छन्। उनीहरूले पाँच हजार र तीन हजार पुरस्कार पाए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
