पर्वतारोही निर्मल पुर्जालाई जर्मनीमा सम्मान

पर्वतारोही निर्मल पुर्जालाई जर्मन सस्टेनेबिलिटी अवार्डस्मा आईएसपीओ कपबाट सम्मान गरिएको छ। 

काठमाडौँ– पर्वतारोही निर्मल पुर्जालाई जर्मनीमा सम्मान गरिएको छ। जर्मन सस्टेनेबिलिटी अवार्डस्मा करिअर एवं कल्याणकारी कार्यबापत उनलाई आईएसपीओ कपबाट सम्मान गरिएको हो। 

उनलाई सम्मान गरिएको कार्यक्रममा जर्मनीका संघीय आन्तरिक मन्त्री न्यान्सी फेसर, पूर्वएफ-१ रेसिङ च्याम्पियन सेबेस्टियन वेट्टेलगायतको उपस्थिति थियो।

पुर्जाले ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरमाथिका १४ वटा चुचुरोको सफल आरोहण गरेका थिए। उनले सेवेज माउन्टेन भनिने संसारको दोस्रो ठूलो अग्लो के२ पर्वतको पहिलो शीतकालीन आरोहणको नेतृत्व गरेका थिए। यो टोली बिनाअक्सिजन शिखरमा पुगेको थियो। 

जर्मन सस्टेनेबिलिटी अवार्डस् जीएसएलाई पर्यावरणीय र दिगोपनप्रति समर्पित सामाजिक प्रतिबद्धताका लागि युरोपको ठूलो पुरस्कारका रूपमा लिइन्छ। उनलाई उच्च पर्वतमा उनका उपलब्धि र उनको फाउन्डेसनमार्फत गरिएका कल्याणकारी कार्यका लागि आईएसपओ कप प्रदान गरिएको हो। सो समारोहमा उनले आफ्नो संस्थाले गरेका कामहरूका बारेमा जानकारी गराएका थिए।