म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलमा ५० गोल गर्दै कीर्तिमान बनाएका हुन्।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्।
शनिबार साँझ सिटीको घरेलु मैदान इत्तिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। २७औँ मिनेटमा सिटीले खेलमा अग्रता लिएको थियो। नेथन आकेको असिस्टमा अर्लिङ हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
यस गोल गरेसँगै हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलेका छन्।
८०औँ मिनेटमा मोहम्मद सालाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीपछि सिटी दोस्रो स्थानमा झरेको छ। सिटीको १३ खेलबाट २९ अंक छ। समान खेलबाट २८ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ।

यस्तै, अर्को खेलमा आर्सनलले बेन्टफर्डलाई १–० ले पराजित गरेको छ। आर्सनलका लागि निर्णायक गोल काई हाभार्ट्जले गरे। उनले बुकायो साकाको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई तीन अंक दिलाए।
जितसँगै आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। १३ खेल खेलेको आर्सनलको ३० अंक छ।
यसैगरी प्रिमियर लिगअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा चेल्सी पराजित भएको छ। न्युक्यासलले चेल्सीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

न्युक्यासलको जितमा अलेकजेन्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले गोल गरेका थिए। चेल्सीका रहिम स्टर्लिङले १ गोल फर्काए।
जितपछि न्युक्यासल १३ खेलमा २३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। चेल्सी भने १३ खेलमा १६ अंकसहित १०औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
