नेटरनरेटमा विभागीय टोली एपीएफसँग पछाडि पर्दा लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाट बाहिरिएका हुन्।
काठमाडौँ– लुम्बिनी र गण्डकी प्रदेश केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन्।
आइतबार भएको समूह ‘बी’को अन्तिम खेलमा लुम्बिनी प्रदेशले गण्डकीलाई ५ रनले पराजित गरेसँगै यस समूहमा रहेका तीन टोलीको अंक समान भएको थियो। तर, नेटरनरेटमा विभागीय टोली एपीएफसँग पछाडि पर्दा लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाट बाहिरिएका हुन्।
लुम्बिनीलाई एपीएफले ८४ रनले पराजित गरेको थियो। यता, एपीएफलाई भने गण्डकीले ४ विकेटले पराजित गरेको थियो। एपीएफको नेटरननेट १.९८९ रह्यो। गण्डकीको -०.००८ र लुम्बिनीको -१.९७५ रह्यो। अब एपीएफले समूह ‘सी’को विजेतासँग खेल्ने छ।
आइतबार भएको समूह ‘बी’को अन्तिम खेलमा लुम्बिनीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो। गण्डकीका तल्लोक्रमका ब्याटर सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
उनीबाहेक कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३ र कमल परियारले ११ रन बनाए। गण्डकीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
गण्डकीलाई सस्तैमा समेट्न मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए। अजय लुनियाले ३ विकेट लिँदा रमेश कुर्मीको नाममा २ र अविषेक गौतमको नाममा १ विकेट रह्यो।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनायो।
लुम्बिनीका लागि ध्रुव सुनार र नर सार्कीले समान २३ रन बनाए। ध्रुवले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे। यता, नरले भने १७ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाए।
लुम्बिनीका विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन बनाउँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए। चन्द्र पौडेलले २ विकेट लिँदा विपिन खत्री, सुदीप अर्याल र दिनेश बुढामगरको नाममा समान १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
