स्पेनिस ला लिगा: काडिजलाई ३–० गोल अन्तरले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

आइतबार राति भएको खेलमा काडिजलाई ३–० गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लेको हो।

स्पेनिश ला लागिमा रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ। आइतबार राति भएको खेलमा काडिजलाई ३–० गोल अन्तरले हराउँदै रियल शीर्ष स्थानमा उक्लेको हो।

इस्टाडियो नुएवो मिरान्डिलामा खेल शुरू भएको १४ औँ मिनेटमा रियलका लागि रोड्रिगोले पहिलो गोल गरे। उनैले ६४ औँ मिनेटमा अर्को गोल गरे। बेलिंघमले ७४औँ मिनेटमा गोल गरे। काडिजले जवाफी गोल फर्काउन नसक्दा गोलविहीन बन्यो। यो जितसँगै रियल १४ खेलबाट ३५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। १३ खेल खेलेको जिरोना ३४ अंकसहित दोस्रो स्थानमा छ। 

एटलेटिको मड्रिड र बार्सिलोना क्रमशः तेस्रो र चौथो स्थानमा छन्। काडिज भने दश अंकसहित १६ औँ स्थानमा छ।