समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएका छन्।
समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको हो।
पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले पराजित गरेको हो। पुलिसले दिएको १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ८ बल बाँकी छदै ६ विकेट गुमाएर १६२ रन बनायो।
जित हासिल गरेपनि तीन टोली रहेको समूह ‘सी’को अंक तालिकामा सुदूरपश्चिम पुछारमा रह्यो। सुदूरपश्चिमको नेटरननेट -३.२२९ रह्यो। यता, मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको पुलिसको १.०८४ नेटरनरेट रह्यो। समूह विजेता बनेको मधेशको भने १.४७२ रेटरननेट रह्यो। मधेशले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको थियो।
सुदूरपश्चिमलाई जित दिलाउन किरण ठगुन्नाले अर्धशतकीय इनिङ्स खेले। उनले ३४ बलमा ४ चौका र २ छक्कासहित अविजित रहेर ५१ रन प्रहार गरे।
यता, नरेन साउदले ३० बलमा ५ चौका र १ छक्कासहित ३९ रन बनाए। सुदूरपश्चिमका ओपनर तथा कप्तान राजु रिजालले १९, वसन्त कार्कीले १५ रन बनाउँदा नारायण जोशी १७ रनमा अविजित रहे।
सुदूरपश्चिमका गजेन्द्र बोहरा र सुरज तिवारीले खाता खोल्न सकेनन्। यता, आयुब चन्द ५ रनमा क्याच आउट भए।
पुलिसका राशिद खानले सर्वाधिक ३ विकेट लिए। सुनिल धमला र सागर ढकालले १–१ विकेट लिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनायो।
पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए। उनले ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। सुनिल धमलाले ४० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए।
अर्जुन साउद २० र कप्तान आरिफ सेख २ रनमा पेभिलियन फर्किए। दिलिप नाथ ४ र करण केसी ७ रनमा अविजित रहे। सुदूरपश्चिमका विकाश अग्रीले सर्वाधिक २ विकेट लिए।
भोजराज भट्ट र वसन्त खत्रीले १–१ विकेट लिए। अब फाइनल प्रवेशका लागि मधेशले समूह ‘बी’को विजेता एपीएफसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
