अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको छ।
काठमाडौँ– नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको हो।
नामिबियाले जिम्बावेलाई ७, युगान्डालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, रुवान्डलाई ६८ रन र केन्यालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको थियो। उसले मंगलबार तान्जेनियाविरुद्ध भएको खेलमा ५८ रनको जित हात पार्दै छनोटमा शीर्ष स्थान कायम राख्यो। अब नामिबियाले छनोटअन्तर्गत अन्तिम खेल नाइजेरीयासँग खेल्ने छ।
सन् २०२१ मा यूएई र ओमानमा भएको टी२० विश्वकपमा नामिबिया छनोट भएको थियो। उक्त प्रतियोगितामा नामिबियाले सुपर १२ खेलेको थियो। अस्ट्रेलिया भएको विश्वकपका लागि नामिबिया छनोट हुँदै समूह चरणका खेल खेलेको थियो।
मंगलबार सम्पन्न खेलमा १५८ रनको लक्ष्य पछ्याएको तान्जेनियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन मात्र बनायो। तान्जेनियाका अमल राजिवनले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। उनले ४५ बलमा २ चौका प्रहार गरे।
यता, ओम्री किटुन्डाले २५ बलमा १ चौकासहित १८ रन बनाए। कासिम नसोरोले १६ र कप्तान अविक पटवाले १४ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नामिबियाका जेरार्ड इरास्मसले सर्वाधिक २ विकेट लिए। डेविड विसे र बेर्नार्ड स्कोलट्जको नाममा १/१ विकेट रह्यो।
त्यसअघि वान्डरेस क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएका थिए।
नामिबियाका जेजे स्मिथले अविजित रहँदै सर्वाधि ४० रन बनाए। उनले २५ बलमा १ चौका र ४ छक्का प्रहार गरे। ओपनर माइकल भान लिंगेनले ३३ बलमा १ चौकासहित ३० रन बनाए।
अर्का ओपनर निकोलस डाभिन २५, कप्तान जेरार्ड इरस्मस २१ र जेन ग्रिनले १८ रन बनाए। यता, जान निकाल लोफ्टी १४ रनमा अविजित रहे।
तान्जेनियाका यालिन्डे माउरिके एनकेन्या र अखिल अनिलले २/२ विकेट लिए।
जोनसन नियाम्बो र सलुम जुम्बेलेको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
