क्यानले यूएईमा हुने यू१९ एशिया कपका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने यू१९ एशिया कपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
टोलीमा गुलशनकुमार झाले पुनरागमन गरेका छन्। उनी यसअघि सिनियर टोलीमा थिए। देव र गुलशनबाहेक टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, हेमन्त धामी छन्।
त्यस्तै, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहोरा, उत्तम रन्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द पनि टोलीमा समेटिएका छन्।
डिसेम्बर ८ देखि १७ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूहमा पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन्।
नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्ने छ। दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र समूह चरणको अन्तिम खेल नेपालले भारतसँग डिसेम्बर १२ मा खेल्नेछ।
नेपालसँगै जापान र यूएई छनोट चरण पार गरेर प्रतियोगितामा स्थान बनाएका हुन्। अफगानिस्तान, बांग्लादेश, भारत, पाकिस्तान र श्रीलंका भने आईसीसीको फुल मेम्बर भएको कारण छनोट चरण पार गर्नुपरेन।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
