चितवनले विमल घर्तीमगरको गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफको इन्ज्युरी समयमा जुनियर एकेन्गुइले गोल फर्काउँदै काठमाडौँलाई हारबाट जोगाए।
काठमाडौँ– दोस्रो हाफको इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गर्न वञ्चित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवनले साबिक विजेता काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी खेलेको हो। चितवनले विमल घर्तीमगरको गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफको इन्ज्युरी समयमा जुनियर एकेन्गुइले गोल फर्काउँदै काठमाडौँलाई हारबाट जोगाए।
खेलको १४औँ मिनेटमा काठमाडौँका लागि अग्रता लिने अवसर सिर्जना भएको थियो। तर, तोजिडिनोभ कोमिओनले डी एरियानजिकबाट प्रहार गरेको बल चितवनका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले सहजै बचाए।
२६औँ मिनेटमा चितवनका रोशन रानामगरले प्रहार गरेको बल पोस्टको बायाँ भागबाट बाहिरियो। ३५औँ मिनेटमा चितवनका गोलरक्षक विशालले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै रोशनले डी एरियानजिकबाटै प्रहार गरेका थिए। यद्यपि, काठमाडौँका गोलरक्षक अविषेक बरालले मुस्किलले बचाए।
खेलको ४२औँ मिनेटमा उत्सव राईको पासमा विमल घर्तीमगरले प्रहार गरेको बल बायाँ भागबाट बाहिरियो। त्यसको दुई मिनेटपछि काठमाडौँका एन्क्वेङ्गे जुनिअरले प्रहार गरेको फ्रिकिक माथिल्लो बारबाट बाहिरिँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
५१औँ मिनेटमा रफिक अमिनुले चितवनलाई अग्रता दिलाउने अवसर गुमाए। डी एरियाभित्रबाट उनले गरेको प्रहार दोस्रो बार हुँदै बाहिरियो। ७३औँ मिनेटमा विमलले डी एरियाबाट गरेको प्रहार दोस्रो बारबाट बाहिरियो। उनले अफ्रियी एसी क्वाहले दिएको बललाई प्रहार गरेका थिए।
८६औँ मिनेटमा चितवनले अग्रता लियो। परिवर्तित खेलाडी नवयुग श्रेष्ठले दोस्रो बारतिर दिएको बललाई अनमार्कमा रहेका विमलले तोजिडिनोभलाई टच गराउँदै जाली चुमाए। दोस्रो हाफको इन्जुरी समयमा काठमाडौँ खेलमा फर्कियो। मध्य भागबाट अञ्जन राईले दिएको एअरबललाई क्लियर गर्ने क्रममा रोशन रानामगरले डी एरियाभित्र बल पुर्याएका थिए। उक्त बललाई जुनियर एकेन्गुइले जाली चुमाए।
बराबरीसँगै काठमाडौँ शीर्ष स्थानमा उक्लिएको छ। काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी डी मेचीलाई १–० गोल अन्तरले पराजित गरेको थियो। चितवनको यो पहिलो अंक हो। पहिलो खेलमा चितवन पोखरासँग १–० गोल अन्तरले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
