बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। उनले ३५ बलमा ५ चौका प्रहार गरे।
कुशल मल्लले ८ बलमा ४ छक्कासहित २७ रन प्रहार गरे। ओपनर तथा कप्तान विनोद भण्डारीले २५ रन बनाउँदा सोमपाल कामी १५ रनमा अविजित रहे। ओपनर सन्तोष कार्की ७, बसिर अहमद ५ रनमा आउट हुँदा राजेश पुलामी १ रनमा अविजित रहे। रोहितकुमार पौडेलले भने खाता खोल्न सकेनन्।
बागमतीका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। प्रतिश जिसी, ईशान पाण्डे, सोनु देवकोटा र रित गौतमले १/१ विकेट लिए।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनायो। बागमतीका प्रतीक श्रेष्ठले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
यता, कप्तान सन्दीप लामिछानेले २२ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए। ओपनर रित गौतम १४, ईशान पाण्डे १२, रोशन विक १ र गौरव खड्का ८ रनमा आउट हुँदा सोनु देवकोटा ९ रनमा अविजित रहे।
प्रतिश जिसीले भने खाता खोल्न सकेनन्। आर्मीका शहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ र विवेक यादवले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
