केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेशले आर्मीसँगको भेट पक्का गरेको छ।
काठमाडौँ– केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन्।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेशले आर्मीसँगको भेट पक्का गरेको हो।
बिहीबार नै भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा पुगिसकेको छ।
मधेशले दिएको १९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।
एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए। उनले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए।
यस्तै, लोकेश बम ३२, भुवन कार्की १४ र सुमित महर्जन १३ रनमा आउट भए। एपीएफका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
मधेशका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए। हरिशंकर शाह र प्रदीप पासवानले २/२ विकेट लिए।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनायो।
मधेशका ओपनर अनिल साहले सर्वाधिक ५७ रन बनाए। उनले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गरे। यस्तै, इमरान सेखले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
पवन सर्राफ ३३, रुपेश सिंह २१, हिमान्शु दत्त १५ र कप्तान हरिशंकर शाह १० रनमा आउट भए।
एपीएफका श्याम ढकालले सर्वाधिक ३ विकेट लिए। अमर रौटेलाले २ विकेट लिँदा पूर्ण विकको नाममा १ विकेट रह्यो।
फाइनल खेल शुक्रबार दिउँसो १२:३० बजे आर्मी र मधेशबीच हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
