मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

मधेश प्रदेशले दिएको १३६ रनको लक्ष पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ बनाउन सक्यो। 

काठमाडौँ– केपी ओली कप टी२०को उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि जितेको हो।

मधेश प्रदेशले दिएको १३६ रनको लक्ष पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ बनाउन सक्यो। 

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रनको योगदान दिए। विवेक यादवले २५ रन र सोमपाल कामी १६ रनमा अविजित रहे। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

मधेशका लागि हरिशंकरले ४ विकेट लिए। प्रदीप पासवानले २ र पार्थिक यादवले १ विकेट लिए।

त्यसअघि पोखरा रंगशालामा मधेशले ८ विकेट गुमाउँदै १३५ रन बनाउन सक्यो। विशाल पटेलले ३२ बल खेल्दै ४९ रन बनाउँदै नटआउट रहे। उनले तीन चौका र तीन छक्का प्रहार गरेका थिए।

कप्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन बनाए। हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडे।

आर्मीका लागि शहाब आलम र जिवेक यादव ३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए।