आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो श्रृंखलामा नेपालले नामिबिया र नेदरल्यान्ड्सलाई प्रतिस्पर्धीका रूपमा पाएको छ।
काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो श्रृंखलामा नेपालले नामिबिया र नेदरल्यान्ड्सलाई प्रतिस्पर्धीका रूपमा पाएको छ।
नेपाल क्रिकेट संघ क्यानले आईसीसी क्रिकेट विश्वकप लिग– २ पहिलो श्रृंखला आगामी फागुन ५ गतेबाट नेपालमा हुने तय भएको जानकारी दिएको छ। नामिबिया अघिल्लो सिजनमा पनि लिग-२ मा थियो। नेदरल्यान्ड्सले भने टेस्ट राष्ट्र सम्मिलित 'सुपर लिग' खेलेको थियो। भर्खरै सम्पन्न एक दिवसीय विश्वकप पनि खेलेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यसपटकको लिग-२ को पहिलो श्रृंखला नै नेपालबाट शुरू गर्ने निर्णय गरेको छ। कीर्तिपुरमा हुने श्रृंखलामा नेदरल्यान्ड्स, नामिबिया र नेपालले खेल्ने क्यानले जनाएको छ। नेपालले दुवै टोलीसँग समान दुई/दुई खेल खेल्ने छ।
लिग–२ को दोस्रो संस्करण जुन २०२७ सम्म चल्नेछ। अघिल्लो सात देश रहेको लिग-२ मा यसपटक आठ देश छन्। लिग-२ मा हुने सबै देशलाई एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता छ। लिग-२ मा भएका नेपाल, यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडाले 'होम एण्ड अवे'का आधारमा त्रिकोणात्मक श्रृंखला खेल्ने छन्। नेपालले सबै देशको भ्रमण गर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
