उकालो साप्ताहिक ब्रिफिङ: दुर्घटनाले खोस्दै युवाको जीवन, प्रधानमन्त्रीको भ्रमण मोह र शरणार्थी प्रकरणमा खाँडबारे फरक राय
रास्वपामा विधान मिचेर पद बाँडफाँट, किन दोहोरिइरहन्छ फिल्म निर्माता–हलवालाको विवाद?, अर्थमन्त्रीकै असहमतिबीच नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अघि बढाउने हतारोसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।
भर्खरै प्राप्त खबरअनुसार उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ। एमाले सांसद रहेका रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। उच्च अदालतले सोही आदेश सदर गरेको हो।
अर्कोतर्फ पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भने थुनामै राख्ने वा धरौटी लिएर रिहा गर्ने भन्नेबारेमा भने उच्च अदालतका न्यायाधीशहरूबीच राय बाझिएको छ। न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासमा राय बाझिएको हो।
द्रुत रूपमा बदलिने नेपालको राजनीतिक परिदृश्यमा एकपछि अर्को घटना घटित भइरहँदा यो मामिला केही समयका लागि ओझेलमा परेको थियो। पछिल्लो हप्ता देशभर मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ भनिने प्रदर्शनको व्यापक चर्चा थियो जुन यो हप्ता लगभग सामसुम भइसकेको छ।
नक्कली शरणार्थी सम्बन्धित मुद्दामा पाटन उच्च अदालतको आदेशबाट लागौँ काठमाडौँ जिल्ला अदालतको पछिल्लो आदेशतर्फ। जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने नेविसंघका ६ कार्यकर्तालाई दोषी ठहर गर्दै दुई वर्ष कैदको फैसला सुनाएको छ। उनीहरूबाट चलाउनेले २८ लाख क्षतिपूर्ति पाउने छन्। यसअघि सरकारले यो मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो, जसलाई सर्वोच्च अदालतले उल्टाइदिएको हो।
चलाउनेलाई मंसिर ६ गतेसम्म लाग्थ्यो, “शासन सत्ता सम्हाल्नेहरू नै अपराधका पक्षधर छन्, मैले न्याय पाउँला र? मेरो पक्षमा अदालत र वकालत हुन्छ होला र?” तर मंसिर ७ गते जिल्ला अदालत काठमाडौँले गरेको फैसलाले उनीमा ‘न्याय पाउने आस’ जगाइदिएको छ। सत्ता र शक्ति केन्द्रसँग लड्ने उनको एक्लो साहसले विजय पाएको छ।
पूर्ण स्टोरी: न्यायको लडाइँमा हिम्मत नहारेका उपप्राध्यापक चलाउने जसलाई राज्यले नै पटकपटक ‘हमला’ गर्यो
यसैबीच संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दोहा हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्। ११ महिनाअघि प्रधानमन्त्री बनेका दाहालको यो छैटौँ विदेश भ्रमण हो र उनले यस अवधिमा ३३ दिन नेपालबाहिर बिताएका छन्।
यी त भए ‘पुरानो राज्यसत्ता’ सम्बन्धित खबर। पुराना दलको ‘अवैधानिक’ तौर–तरिका, चाल–चलनलाई चुनौती दिँदै नयाँँ ढंगले दल र देश चलाउन सिकाउने दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको तयारी गर्नुपर्ने बेला विधान मिचेर पद बाँडफाँट गरेको छ।
पार्टीको विधानमा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने भनिएको छ। तर बुधबार सकिएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले त्यो प्रावधान मिचेर विधान संशोधन नगरीकनै १५ सदस्यीय पुर्याएको हो।
पढ्नुहोस् विस्तृत: महाधिवेशनको तयारी गर्नुपर्ने बेला रास्वपामा विधान मिचेर पद बाँडफाँट
उकालो इम्प्याक्ट
ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी : बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा माओवादी नेता ल्हारक्याल लामाले निजी निवासका लागि हडपेको २ रोपनी १ आनासहित अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन स्थानीय सरकारले अग्रसरता देखाएको छ।
इन्फोग्राफिक: सवारी दुर्घटनाबाट खोसिँदै छ युवाको जीवन र सपना : विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै सकिन्छ जसको ९३ प्रतिशत नेपालजस्तै देशका नागरिक हुन्। ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुषको संख्या ७३ प्रतिशत छ।
हेरौँ मंसिर ९–१५ गतेसम्म उकालोमा प्रकाशित केही प्रमुख सामग्री
घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेशमा, क्यालेन्डर बनाउन मुख्य प्रशिक्षकलाई कुर्दै क्यान
छुवाछुत कसुरमा वडाध्यक्षलाई जेलः व्यवहार नसच्याई सुखै छैन
अर्थमन्त्रीकै असहमतिबीच नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अघि बढाउने हतारो
सन्दर्भ कोप–२८: काठमाडौँका उपलब्धिहीन छलफल
राष्ट्रसंघीय जलवायु सम्मेलनः शून्य उत्सर्जनको लक्ष्यमा विद्युत् प्रसारणका पूर्वाधार तगारो
माडी नगरपालिकाले नगरवासीलाई बचाउन चुपचाप गरिरहेको एउटा प्रयास
अर्थमन्त्रीकै असहमतिबीच नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अघि बढाउने हतारो
अझै रिहा भएनन् विपिन, नेपालको कूटनीतिक प्रयास कमजोर भएको हो?
काठमाडौँमा 'बलात्कृत' नाबालिगमाथि अभिभावकबाटै यातना
महिलाप्रति दुर्गा प्रसाईंको असंवेदनशील टिप्पणीः समर्थकको बारम्बार ताली, हुँदैन कारबाही
किन दोहोरिइरहन्छ फिल्म निर्माता र हलवालाको विवाद?
विश्वविख्यात कूटनीतिज्ञ किसिन्जरको १०० वर्षको उमेरमा निधन
ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी
सडक किनाराका चिया मुकाम (भिडियो कथा)
स्तम्भ – १२ पत्र
चन्द्र ढकाललाई पत्र: राज्य संयन्त्र र निजीक्षेत्र मिलेर राज्यको अनुचित दोहन भयो
अन्तर्वार्ताः सन्दर्भ कोप २८
नेपालको लक्ष्य र नवीकरणीय ऊर्जाका विषयमा ‘एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्यान्ड’बाट अवकाशप्राप्त प्राध्यापक राममनोहर श्रेष्ठसँग उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानीः ‘हाम्रा लक्ष्य विदेशी परामर्शदाताले बनाएका डकुमेन्टमा निर्भर भए’
न्यूजलेटरको अन्त्यमा, राज्य र 'मूल आधार' समाजको नजरमा ओझेलमा परेका यी दुई महत्त्वपूर्ण हेड्लाइन–
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
