प्रिमियर लिग: वल्भ्समाथि आर्सनलको जित

शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। 

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आर्सनलले वल्भ्सलाई पराजित गरेको छ। 

शनिबार राति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीले वल्भ्समाथि २–१ को जित दर्ता गरेको हो। 

आर्सनलले दुवै गोल खेलको शुरूआतमा नै गरेको थियो। छैटौँ मिनेटमा बुकायो सानाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। १३औँ मिनेटमा मार्टिन ओडेगार्डले अग्रता दोब्बर पारे। 

वल्भ्सका म्याथिअस कुन्हाले ८६औँ मिनेटमा एक गोल फर्काए। यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। 

सिटीले एक खेल कम खेलेको छ। पराजित वल्भ्स १५ अंकसहित १३औँ स्थानमा छ।