अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्।
काठमाडौँ– महिला आई लिग खेल्न नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी भारत प्रस्थान गरेका छन्।
नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानामगर आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीहरूले सेथु एफसीबाट लिग खेल्ने छन्।
अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्। उनको टोलीले गत सिजन सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। तर, फाइनल प्रवेशका लागि भएको खेलमा सेथु किक स्टार्ससँग पराजित भएको थियो।
गीता पनि दोस्रोपटक सेथुसँग आबद्ध भएकी हुन्। उनी गत संस्करणमा सेथुसँग आबद्ध भएकी थिइन्। तर, खुट्टाको चोटको कारण उनले लिग गुमाइन्। गत वर्ष अन्जिलासहित सावित्रा भण्डारी र अनिता बस्नेत, पूर्वकप्तान रेनुका नगरकोटी, रेखा पौडेल र सरु लिम्बुले लिग खेलेका थिए।
सावित्राले गोकुलम केरलाबाट खेलेकी थिइन्। यस्तै, रेनुका र सरुले किकस्टार्ट एफसी तथा रेखाले स्पोर्ट्स ओडिसाबाट खेलेकी थिइन्। अनिताले भने नयाँ टोली लर्ड्स एफबाट खेलेकी थिइन्।
रेनुका र अनिताबाहेक सबै खेलाडीले पहिलो रोजाईमा खेल्ने अवसर पाएका थिए। यी दुई खेलाडीले भने वैकल्पिक रूपमा मैदानमा उत्रिने अवसर पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
