इंग्लिस प्रिमियर लिग (ईपीएल)फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ को गोल अन्तर तथा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको छ।
इंग्लिस प्रिमियर लिग (ईपीएल)फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ को गोल अन्तरले हराएको छ।
खेलको ८७ औँ मिनेटसम्म ३–२ ले पछि रहेको लिभरपुलका लागि वाटारु एन्डोले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए। अर्नोल्डले खेल सकिन दुई मिनेट अघि लिभरपुलका लागि विजयी गोल गरे। अर्नोल्डकै प्रयासमा लिभरपुलले खेलको २०औँ मिनेटमा खाता खोलेको थियो।
लिभरपुलकै पूर्व खेलाडी ह्यारी विल्सनले चारमिनेट पछि फुलह्यामका लागि बराबरी गोल गर्न सफल भए। फेरि ३८ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले प्रहार गरेको बलले जाली चुमेपछि लिभरपुलले खेलमा पुन: अग्रता बनाएको थियो।
पहिलो हाफको इन्जुरी समयमा केनी टेटेले फुलह्यामका लागि दोस्रो बराबरी गोल गरेका थिए भने ८० औँ मिनेटमा बबी डे कोर्डोभा रिडले हेडमार्फत टिमलाई अग्रता दिलाएका थिए।
लिभरपुल ३१ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिदा फुलह्याम १५ अंकसहित तालिकाको १४औँ स्थानमा छ।
यस्तै, आइतबार नै भएको चेल्सी र ब्राइटनको खेलमा चेल्सीले जित हात पारेको छ। घरेलु मैदानमा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो। पहिलो हाफमा १० खेलाडीमा सीमित बनेको चेल्सीले ब्राइटनलाई हराएर महत्वपूर्ण तीन अंक जोडेको छ।
गालाघरले पहिलो हाफको अन्तिम मिनेटमा दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेका थिए। चेल्सीका इन्चो फर्नान्डेजले १७ औँ मिनेटमा गोल गरे। कोलविलले २१ औँ मिनेटमा चेल्सीको अग्रतालाई दोब्बर बनाउने काम गरे।
पहिलो हाफ सकिन दुई मिनेट अघि ब्राइटनका बुओनानोटले गोल गर्दै खेललाई २–१ मा झारेका थिए। तर दोस्रो हाफमा इन्चो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई ३–१ ले अघि बढाए। खेलको इन्जुरी समयमा जोआओ पेड्रोले गोल गरे पनि जित हात पार्न सकेन।
पछिल्लो जितसँगै तालिकामा १९ अंक जोडेर चेल्सी दशौँ स्थानमा उक्लिएको छ। ब्राइटन २२ अंकसहित तालिकाको आठौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
