काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौँ स्थानमा छ।
काठमाडौँ– कप्तान अञ्जन विष्टबिनाको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौँ रेजर्ससँग गोलरहित बराबरीको नतिजा सामना गरेको हो।
पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजय बेहोरेको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरीको नतिजा सामना गरेको थियो। सोही खेलमा झापाका महत्त्वपूर्ण खेलाडी एवं कप्तान अञ्जन घाइते भएका थिए। त्यसकारण तेस्रो खेलमा झापाले कप्तान अञ्जनबिना खेले पनि काठमाडौँलाई रोक्न सफल भयो। जारी सिजन अपराजित काठमाडौँले झापाविरुद्ध राम्रो प्रदर्शन गर्न नसक्दा अंक बाँड्यो।
यसअघि काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराउँदै सुखद शुरूआत गरेको थियो। तर, त्यसपछि एफसी चितवनसँग १–१ को बराबरी खेलेको काठमाडौँले तेस्रो खेलमा पनि बराबरीको नतिजा सामना गर्यो।
यससँगै काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौँ स्थानमा छ।
त्यसअघि खेलमा राम्रो अवसर सिर्जना हुन १४औँ मिनेटसम्म कुर्नुपर्यो। काठमाडौँ रेजर्सका कुलदीप कार्कीको लामो पास नियन्त्रणमा लिँदै हिसुब थपलियाको वान टच प्रहार झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके।
२७औँ मिनेटमा झापाले पहिलो अवसर बनायो। प्रदीप लामाको थ्रु बल नियन्त्रणमा लिँदै जर्ज सान्चेजको पेनाल्टी क्षेत्रभित्र बाट गरेको प्रहार काठमाडौँ गोलकिपर बचाए। ३१औँ मिनेटमा काठमाडौँका सोखरुख महर्जनको फ्रिकिक प्रहार माथिल्लो बार हुँदै बाहिरियो।
त्यसको तीन मिनेटपछि नै झापाका समिराज थोकरले पेनाल्टी क्षेत्रको लेफ्ट साइडबाट गरेको फितलो प्रहार काठमाडौँका गोलकिपर अभिसेक बरालले सहजै नियन्त्रणमा लिए। पहिलो हाफको थप समयमा सान्चेजले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन्।
प्रदीप लामासँग वान टु पासमा खेल्दै सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार काठमाडौँका गोलकिपर बरालले सहजै रोकिदिए। त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रोकियो। दोस्रो हाफको शुरूआतमा नै झापाका सान्चेजले अग्रता बनाउने अवसर खेर फाले। अन्तिम डिफन्डर छकाउँदै उनको फितलो प्रहार काठमाडौँका गोलकिपर बरालले सहजै रोके।
६४औँ मिनेट झापाका समान्डर ओचिलोभको प्रहार गोलकिपर बरालले उत्कृष्ट पन्च गर्दै बाहिर पठाए । ओचिलोभको सशक्त प्रहार काठमाडौँका अञ्जन राईसँग डिफ्लेक्ट भएर दिशा परिवर्तन गरे पनि बरालले उत्कृष्ट बचाउ गरे।
लगत्तै ओचिलोभको सशक्त प्रहार पनि काठमाडौँका खेलाडीलाई ठोकिएर बाहिरियो । काठमाडौँका तोजिडिनोभ कोमिवानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो।
८६औँ मिनेटमा एनकेङ्ग्यु जुनियरले काठमाडौँ रेजर्सलाई अग्रता दिलाउने अवसर गुमाए। राजीव लोप्चनले दिएको पासमा नियन्त्रण गर्दै अगाडि बढेका जुनियरको पेनाल्टी क्षेत्रबाट प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
