मुस्ताङमा ५१ प्रतिशत मत खस्याे

मुस्ताङमा दिउँसो १ बजेसम्म पाँच हजार ५८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

काठमाडौँ– हिमालपारीको जिल्ला मुस्ताङमा ५१ प्रतिशत मतदान भएको छ।

दिउँसो १ बजेसम्म पाँच हजार ५८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको कार्यालयले जनाएको छ।

मुस्ताङमा १० हजार ९५७ मतदाता छन्। चिसो मौसम भए पनि मुस्ताङमा उल्लेख्य मतदान भएको हो।