४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् छ भने ३ खेलबाट १ अंकका साथ वीरगन्ज पुछारमा छ।
काठमाडौँ– ललितपुर सिटी एफसीको नेपाल सुपर लिग (एनएसएल)मा जितविहीन यात्रा तेस्रो खेलमा लम्बाएको छ।
पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै सुखद शुरूआत गरेको ललितपुर त्यसयता भने जितविहीन रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा ललितपुरले प्रतियोगितामै अंकविहीन रहेको एक मात्रै टोली वीरगन्ज युनाइटेड एफसीसँग २–२ गोलको बराबरी खेल्यो।
खेलको शुरूआतदेखि नै ललितपुरले वीरगन्जमाथि दबाब बनाएको थियो। पाँचौँ मिनेटमा ललितपुरले दुई पटक गोलको अवसर सिर्जना गरेको थियो। ओमोलाजा करिमको फ्रिकिक प्रहार वीरगन्जका डिफेन्डर एकिङ्स बाफोरले हेडर गर्दै बचाइदिए। अनिल महर्जनको कर्नरमा अनन्त तामाङले गरेको हेडर गोलरक्षक दीप कार्कीले बचाए।
लगातार दबाबमा रहेको वीरगन्जले १०औँ मिनेटमा अग्रता लियो। ललितपुरका डिफेन्डर अनन्तले क्लिअर गर्ने क्रममा बल विलियम्स ओपकुको खुट्टामा दिएका थिए। उनले डी बक्स लाइनबाट गरेको लेफ्ट फुटेट प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले ड्राइभ गरेर बचाउने प्रहार गरेपनि टच गर्न सकेनन्।
फ्रेन्च गोलरक्षक मार्सेलले जारी प्रतियोगितामा खाएको यो पहिलो गोल हो। उनी गोलरक्षक बन्दा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। पोखरा थन्डर्स र धनगढी एफसीसँग भने ललितपुर गोलरहित बराबरीमा रोकिएको थियो। योसँगै गोलरक्षक मार्सेलीले तीन खेलमा क्लिन सिट राखेका थिए।
खेलको १३औँ मिनेटमा ललितपुर खेलमा फर्कियो। मिडफिल्डर सेसेहाङ आम्दाङ्बेले डिफेन्स लाइनबाट दिएको लामो रेन्जको बललाई वीरगन्जका डिफेन्डर डिजाडिजे गुस्ताभोले भेट्न सकेनन्। उनले उक्त बललाई डिबक्सभित्र लैजाँदै वान भर्सेस वानमा गोल गरे।
२७औँ मिनेटमा ललितपुरले खेलमा अग्रता लियो। दिनेश हेम्जनले दिएको फितलो पासलाई वीरगन्जका डिफेन्डर गुस्ताभोले क्लिअर गर्न सकेनन्। उक्त बललाई नियन्त्रणमा लिँदै निखिल कदमले डिबक्स लाइनबाट गोल गरे। ३३औँ मिनेटमा कदमले प्रहार गरेको फ्रिकिक बललाई दीपले अगाडि बढेर क्लिअर गर्दिए। योसँगै खेलको पहिलो हाफ २–१ मा सकिएको थियो।
५२औँ मिनेटमा कृपाकान्त महतो थारूको गोलमार्फत वीरगन्ज खेलमा फर्कियो। अनिल महर्जनले वीरगन्जका ओबेड ओसुवालाई फउल गरेपछि रेफ्री सुरोजित दासले फ्रिकिक दिएका थिए। करिब ३० यार्डबाट ओपोकुले गरेको शक्तिशाली उक्त फ्रिकिक माथिल्लो बारमा लाग्न पुगेको थियो। उक्त बललाई अनन्तलाई लाग्दै कृपाकान्तको खुट्टामा पुगेको थियो। उनले उक्त बललाई जाली चुमाउँदै खेल २–२ गोलमा फर्काए।
५७औँ मिनेटमा वीरगन्जका जयागुरुङको शक्तिशाली प्रहार गरेका थिए। तर, ललितपुरका लागि दोस्रो बार बाधक बन्यो। उनले बिसोन गुरुङको पासमा करिब २२ यार्डबाट जयले प्रहार गरेको बल दोस्रो बारमा लाग्दै मार्सेलको ढाडमा लाग्दै हातमा आइपुग्यो।
दोस्रो हाफको इन्ज्युरी समयमा अनन्तको शक्तिशाली फ्रिकिक प्रहार दीपले बचाएसँगै खेल २–२ गोलको बराबरीमा सकियो। बराबरीसँगै ललितपुर दोस्रो स्थानमा यथावत् रहेको छ। ललितपुरले ४ खेलबाट ६ अंक जोडेको छ। यता, पहिलो खेलमा साबिक विजेता धनगढी र दोस्रो खेलमा चितवन एफसीसँग समान २–१ गोल अन्तरले पराजित भएको वीरगन्ज भने पुछारमा यथावत् रहेको छ। वीरगन्जको ३ खेलमा १ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
