पोखरासँगै जारी लिगमा अपराजित रहने टोली धनगढी एफसी, ललितपुर र काठमाडौँ रेजर्स हुन्। पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसँगै धनगढी दोस्रो स्थानमा झरेको छ।
काठमाडाैँ– सन्जिव विष्टको गोलप्रेरित पोखरा थन्डर्स अपराजित रहँदै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा स्पोर्टिङ इलाम एफसीडी मेचीलाई १–० गोलअन्तरले पराजित गर्दै पोखरा ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। जारी लिगमा अपराजित रहने पोखरा चौथो टोली हो। पोखराले योसँगै जारी लिगमा दुई जित र दुई बराबरीको नतिजा निकाल्यो।
पोखराले पहिलो खेलमा चितवनलाई १–० गोलअन्तरले पराजित गरेको थियो। तर, ललितपुर सिटी एफसी र झापा एफसीसँग भने समान १–१ गोलको नतिजामा चित्त बुझायो। पोखरासँगै जारी लिगमा अपराजित रहने टोली धनगढी एफसी, ललितपुर र काठमाडौँ रेजर्स हुन्। पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसँगै धनगढी दोस्रो स्थानमा झरेको छ। धनगढीको ७, ललितपुरको ६ र काठमाडौँको ५ अंक रहेको छ। यद्यपि, साविक विजेता धनगढी र काठमाडौँले एक खेल कम खेलेको छ।
इलामको आक्रमक खेल, पोखराको अग्रता
खेलको शुरूआती १० मिनेटदेखि नै इलामले आक्रमक खेल खेल्दै पोखरामाथि दबाब सिर्जना गरेको थियो। उक्त दबाब पहिलो हाफसम्म कायम राख्यो। छैटौँ मिनेटमै इलामका इब्राहिम डिजितेले फस्टबार तिर दिएको एअर बललाई ओमर थिओमले हेडिङ गरेका थिए। तर, बल माथिल्लो बारबाट बाहिरियो। त्यसको एक मिनेटपछि नै इब्राहिमले सोही स्थान दिएको बललाई अमथ एन्डाआले भेट्नुअघि नै एन्जल महर्जनले क्लिअर गरिदिए।
२९औँ मिनेटमा इलामका फोडे कामराले गरेको डीबक्सभित्रबाट गरेको प्रहार पोखराका गोलरक्षक प्रिसोले ड्राइभ गर्दै बचाए। अमथले दिएको बललाई अफ साइड पोजिसनमा रहेका फोडेले क्लेक्ट गरेका थिए। तर, रेफ्री उमेश बिडारीले अफ साइडको मान्यता दिएनन्। ४५औँ मिनेटमा ओमरले डीबक्स बाहिरबाट गरेको बल प्रहार सिधै गोलरक्षक प्रिसोको हातमा पुग्यो। उनले नवीन लामाको बललाई नियन्त्रणमा लिँदै गोलको अवसर सिर्जना गरेका थिए।
दोस्रो हाफको शुरूआतमै पोखराले इलाममाथि दबाब बनाउँदै खेलमा फर्कियो। ४६औँ मिनेटमा सन्जिब विष्टले दिएको बललाई डीबक्सभित्रबाट मोसेस टुमले प्रहार गरेका थिए। तर, उनले प्रहार गरेको बल पहिलो बारमा लागेर गोल लाइनबाट फर्कियो। त्यसको एक मिनेटपछि नै पोखराले सन्जिवको गोलमार्फत् अग्रता लियो। आयुष घलानको कर्नरमा आएको बललाई ओमरले क्लिअर गर्ने प्रयास गरेका थिए। तर, उनको क्लिअर फितलो भयो र सन्जिवले बललाई जाली चुमाए।
आयुष दोस्रो हाफको शुरूआतमै दिपेश आले मगरको स्थानमा मैदान प्रवेश गरेका थिए। ६७औँ मिनेटमा इलामले खेलमा फर्किने अवसर गुमायो। अन्जनले सौरभ लिम्बुलाई फउल गरेका थिए। करिब ३० यार्डबाट अमथले प्रहार गरेको बललाई विमल पाण्डेले हेडरमार्फत् जाली चुमाउने प्रयास गरेपनि दोस्रो बारबाट बाहिरियो। खेलको ८०औँ मिनेटमा इब्राहिमले फोडेले मिलाइदिएको बललाई डीबक्सभित्र लगेका थिए। उनले पोखराका दुई डिफेन्डरलाई बिट गर्दै उक्त बल प्रहार गरेका थिए। तर, फितलो सावित भइदियो।
दोस्रो हाफको थप गरिएको अन्तिम मिनेटमा पोखराका अन्जनले करिब २५ यार्डबाट गरेको फ्रिकिक प्रहार पहिलो बारनजिकबाट बाहिरियो।
इलामको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा इलाम काठमाडौँसँग १–० गोलअन्तरले पराजित भएको थियो। तर, दोस्रो खेलमा भने झापालाई १–० गोलअन्तरले पराजित गर्दै इलाम खेलमा फर्किएको थियो। तर, तेस्रो खेलमा बुटवल लुम्बिनी एफसीसँग २–१ गोलअन्तरले इलाम पराजित भएको थियो। पराजयसँगै इलाम सातौँ स्थानमा झरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
