इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा एस्टन भिल्लाले साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ।
बुधबार राति भएको खेलमा एस्टन भिल्लाले सिटीलाई १–० ले हराएको हो। एस्टनको जितमा लियोन बेलीले ७४औँ मिनेटमा निर्णायक गोल गरे।
यो हारसँगै साबिक विजेता सिटी तालिकाको चौथो स्थानमा झरेको छ। एस्टन १५ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पछिल्ला ४ खेलमा जितविहीन सिटीको ३० अंक छ।

यसैबीच बुधबार राति नै भएको अर्को खेलमा जित दर्ता गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ।
लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको हो। जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो।
लिभरपुलको जितमा भान डिजिक र डोमिनिकले १–१ गोल गरेका थिए। पराजित सेफिल्ड युनाइटेड तालिकाको पुछारमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
