यू१९ एशिया कप शुक्रबारदेखि, नेपाल र पाकिस्तान भिड्दै

नेपाल र पाकिस्तानबीचको खेल बिहान ११:१५ बजे शुरू हुनेछ।

काठमाडौँ– यू१९ एशिया कप यूएईमा शुक्रबार शुरू हुँदैछ। 

प्रतियोगिताको पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्दैछन्। खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा बिहान ११: १५ मा शुरू हुनेछ। 

नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तान खेल्नेछ। मंसिर २६ गते भारतविरुद्ध खेलेर समूह चरण सकाउने छ।

नेपालका प्रतिस्पर्धी तीनै राष्ट्र टेस्ट मान्यता प्राप्त हुन्। नेपालले यसअघि उमेर समूहका ६ वटा विश्वकप खेल्दा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, आयरल्यान्ड, जिम्बाब्वे र बांलादेशलाई पराजित गरेको छ।

नेपालको टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा रहेका छन्।