पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

पाकिस्तानका कप्तान साद बेगले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको छ। 

काठमाडौँ– एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। 

यूएईस्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्। नेपालले अहिले ब्याटिङ शुरू गरेको छ।

नेपालको टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा रहेका छन्।

नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ।

समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते भारतसँग खेल्नेछ।