पाकिस्तानविरुद्ध उत्तमको अर्धशतक

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा उत्तमले ७० बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका छन्।

काठमाडौँ– उत्तम रंगु थापामगरले एसीसी यू१९ एशिया कपमा पाकिस्तानविरुद्ध अर्धशतक पूरा गरेका छन्।

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा उनले ७० बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनी ४०औँ ओभरको पाँचौँ बलमा ५१ बनाएर आउट भए।

पाकिस्तानविरुद्ध नेपालले फितलो शुरूआत गरेको थियो। ओपनर तिलकराज भण्डारी ७ रन बनाएर क्याच आउट भएका थिए।

तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी पनि क्रिजमा टिक्न सकेनन्। उनले २२ बलमा १ चौकासहित ६ रन बनाए।

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कप्तान देव खनाल डक आउट भए। उनले १३ बलको समाना गरे।

तर, पाँचौँ नम्बरमा आएका उत्तमले क्रिजमा टिकेर खेले। उत्तमले ओपनर अर्जुन कुमालसँग ३ रनको साझेदारी गरे। अर्जुन ३७ बलमा ३ चौकासहित २१ रन प्रहार गरेर आउट भए।

त्यसपछि क्रिजमा आएका गुलशनकुमार झा १ रन बनाएर बोल्ड हुँदा नेपाल १७औँ ओभरमा ५-४६ को स्थितिमा थियो। तर, उत्तमले दिपेश कँडेलसँग छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गरे।

दिपेश ३४औँ ओभरको चौथो बलमा ५९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर आउट भए।