जम्सिद जद्रानको शतकप्रेरित अफगानिस्तानले एसीसी यू१९ एशिया कप क्रिकेटमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।
काठमाडौँ– जम्सिद जद्रानको शतकप्रेरित अफगानिस्तानले एसीसी यू१९ एशिया कप क्रिकेटमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।
दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा विकेट गुमाउँदै २६१ रन बनाएको हो।
अफगानिस्तानका जम्सिदले सर्वाधिक १०६ रन प्रहार गरे। १५२ बलमा ८ चौका प्रहार गर्दै उनी रिटार्ड आउट भए।
यता, नुमन शाहले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए। रहिमुल्लाह जुर्मती ३५, वफीउल्लाह तराखिल १५, खलेल अहमद १३ र खालिद तानिवालले १० रन बनाए।
अफगानिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका हेमन्त धामी, गुल्शन झा र सुवास भण्डारीले २/२ विकेट लिए। आकाश चन्द र दीपेश कँडेलको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
