पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको औँल्याउँछन्, मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा पुष्पराज आचार्य।
सुर्खेत– समुद्री सतहदेखि एक हजार ३०० मिटरदेखि एक हजार ८०० मिटरसम्म पैयुँ र गुराँस पाइन्छ।
हेमन्त ऋतुको शुरूआतसँगै पैयुँ ढकमक्क पुल्न थाल्छ। गुराँस वसन्त ऋतुको प्रारम्भमा पुल्छ। हिउँद लागेसँगै पैयुँ पुल्न थाल्छ। यसको रस माहुरीका लागि प्रमुख आहारा हो।
पैयुँ पुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ। विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ। तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ। गुराँस पुल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ।
दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए। उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रशस्त थिए। जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो। तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउँछन्। “पहिला त पैयुँ वनैभरि थियो”, उनी भन्छन्, “कात्तिक लाग्न थालेपछि फुलेर ढकमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ।”
“विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कुल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ। तर अहिले यो पाउन छाडेको छ,” खड्का थपे।
गुराँस– ८ का जगत् बिसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित छन्। “यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?” उनी प्रश्न गर्दै भने, “यो हराउनु सामान्य कुरा होइन।”
पैयुँ नेपालको रैथाने वनस्पति हो। गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउँछन्। यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ।
स्थानीयका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो। तर अहिले पुस महिनादेखि नै पुल्न थालेको छ। गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आएका शिक्षक लोकबहादुर खड्का लालीगुराँस पुल्ने समयमा परिवर्तन आएको बताउँछन्।
“पहिला लालीगुराँस पुल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिन्थ्यो। यो फागुनदेखि पुल्न थाल्थ्यो। तर अहिले त पुसदेखि नै फुल्न शुरू गर्छ,” उनी भन्छन्।
शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि पुल्ने समयमा परिवर्तन आएको पाइएको बताउँछन्।
पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान संकायमा अध्यापन गराउँदै आएका प्राध्यापक डा पुष्पराज आचार्य बताउँछन्।
“अहिले विश्वमै तापमानमा वृद्ध भइरहेको छ। जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ। तापमान वृद्धिको असर फूल पुल्ने बिरुवामा अधिक पाइएको छ,” उनी भन्छन्। पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन्। उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन्।
पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफैँ उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन्। “पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो”, उनले भने।
कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउँछिन्। “पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन”, उनले भने।
आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
