एभर्टनले चेल्सीलाई २–० तथा म्यानचेस्टर सिटीले घरेलु टोली लुटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ। आइतबार गुडसिन पार्कमा भएको खेलमा एभर्टनले चेल्सीलाई २–० ले हराएको हो। योसँगै एभर्टनले लगातार तेस्रो खेलमा जित निकालेको छ।
खेलको ५४औँ मिनेटमा एभर्टनका अब्दुलाये डौकौरे र ९०औँ मिनेटमा लुइस डोमिनले गोल गरे। एभर्टन विरुद्ध चेल्सीले एउटा गोल पनि गर्न सकेन। चेल्सीले लगातार सातौँ हार ब्यहोरेको छ। तर, अझै पनि एभर्टन तालिकाको १७औँ स्थानमा छ भने, चेल्सी ११औँ स्थानमा छ।
यस्तै, आइतबार नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई हराएको छ। सिटीले घरेलु टोली लुटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
लुटनले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको पहिलो हाफको इन्जुरीमा इलिजा एडिबायोले गोल गरेका थिए। लुटन यही गोलमा सीमित रह्यो भने म्यानचेस्टर सिटीले दोस्रो हाफको ६२ र ६५औँ मिनेटमा लगातर दुई गोल गर्दै जित निकाल्यो।
सिटीका तर्फबाट बर्नार्डो सिल्भा र ज्याक ग्रिलिसले गोल गरे। योसँगै पछिल्ला चार खेलमा जितविहीन बनेको सिटीले सफलता प्राप्त गर्यो। यो जितसँगै सिटी ३३ अंकसहित चौथो स्थानमा रहेको छ। लुटन भने ९ अंकसहित १८औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
