विश्वकप खेल्नुअघि नेपाली यू१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप’ म्याच खेल्ने भएको छ।
काठमाडौँ– विश्वकप प्रतियोगिता खेल्नुअघि नेपाली यू१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप’ म्याच खेल्ने भएको छ।
आईसीसीले सोमबार जारी गरेको तालिकाअनुसार नेपालले जनवरी १३ मा स्कटल्यान्डसँग र जनवरी १६ मा वेस्ट इन्डिजसँग वार्मअप म्याच खेल्ने भएको हो।
आईसीसीले अन्य देशहरूको पनि वार्मअप म्याचको तालिका सार्वनजिक गरेको छ। सबै देशले दुई/दुई वटा वार्मअप म्याच खेल्ने छन्। वार्मअप म्याच जनवरी १३ देखि १७ सम्म चल्ने आईसीसीले जनाएको छ।
नेपालले जनवरी १४ देखि फेब्रुअरी १५ सम्म दक्षिण अफ्रिकामा हुने आईसीसी यू१९ विश्वकप खेल्दै छ। नेपालको समूह ‘डी’ मा रहेको छ। नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।
नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्ने तय छ। जनवरी २४ मा पाकिस्तानसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
