भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ।

यूएईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा भएको टसमा भारतले जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो। 

केहीबेरमा नेपालले ब्याटिङ शुरू गर्नेछ। 

नेपाल यसअघि भएका दुवै खेलमा पराजित भएको थियो। आइतबार सम्पन्न खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। 

यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।