यू१९ एशिया कप: नेपालले भारतलाई दियो ५३ रनको लक्ष्य

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको छ।

काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतलाई नेपालले ५३ रनको लक्ष्य दिएको छ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको हो।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। ओपनरद्वय दीपक बोहरा १ र अर्जुन कुमाल ७ रनमा आउट भए।

उत्तम रंगु थापामगर शून्य, कप्तान देव खनाल २, गुल्शनकुमार झा ४, दीपक डुम्रे शून्य, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र हेमन्त धामी ८ रनमा आउट भए। आकाश चन्द भने ४ रनमा अविजित रहे।

नेपालले १३ रन अतिरिक्त पाएको थियो।

भारतका राज लिम्बानीले सर्वाधिक ७ विकेट लिए। आराध्य सुक्लाले २ विकेट लिँदा अर्शन कुलकर्मीको नाममा १ विकेट रह्यो।