अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन्।
काठमाडाैँ– जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध शुरू हुनुभन्दा अघि गरिएको निर्णयमा इजरायली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने मंगलबार बताएको छ।
सन् २०२२ को अन्त्यमा गरिएको रणनीतिक समीक्षापछि आगामी वर्षदेखि इजरायली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ। “दुई नयाँ हस्ताक्षरित राष्ट्रिय टोलीहरूको घोषणा यो वर्षको अन्त्य र सन् २०२४ मा गरिने छ, सर्बिया र इजराइलजस्ता केही महासंघको सम्झौता भने सन् २०२४ मा समाप्त हुनेछ”, कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमार्फत भने, “यो निर्णय सन् २०२२ मा टोली जर्सीको डिजाइन र विकासका लागि नियमित समयसीमाअनुसार लिइएको थियो।”
सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न प्रेरित गरेको छ। अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन्। इजरायली एफएमा कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका टोलीहरू समावेश छन्।
अक्टोबरमा गाजामा इजराइल र हमासबीचको युद्धको प्रारम्भले इजराइलको समर्थन गर्ने उत्पादनहरू बहिष्कार गर्ने लामो समयदेखिको मागलाई बलियो बनाएको छ।
हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र दुई सय ४० बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध शुरू भएको छ। बन्धक बनाइएकामध्ये एक सय ३७ जना गाजामा रहेका छन्।
जवाफमा इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र गाजामा व्यापक बमबारी र स्थल कारबाही शुरू गरेको छ। इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १८ हजार दुई सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
