च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

मंगलबार राति जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भएसँगै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ। 

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ। 

मंगलबार राति जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भएसँगै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो। 

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पाहुना टोलीका लागि किंग्स कोमानले ७०औँ मिनेटमा गोल गरे। उनले हेरि केनको पासमा निर्णायक गोल गरे। 

समूह ‘ए’मा ६ मध्ये १ खेलमा जित र १ मा बराबरी र ३ मा हारपछि युनाइटेड पुछारमा रहँदै बाहिरिएको हो।

बार्यन ६ खेलमा १६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ।