मुस्ताङमा एक हजार मत गणना हुँदा नेपाली कांग्रेसका योगेश थकालीले ५३७ मत पाएर अग्रता लिएका छन्।
काठमाडौँ– मुस्ताङमा बिहान ३ः३५ बाट मतगणना शुरू भएको छ। पहिलो चरणमा प्रतिनिधिसभाको मत गणना भइरहेको छ।
एक हजार मत गणना हुँदा नेपाली कांग्रेसका योगेश थकालीले ५३७ मत पाएर अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका प्रेम तुलाचनको ४२१ मत छ। रास्वपाको १२ मत र राप्रपा नेपालले २ मत प्राप्त गरेका छन् ।
मुस्ताङका ४० वटै मतदान केन्द्रका मतपेटिका सोमबार बिहान १ बजे जोमसोममा जम्मा गरिएको थियो। लगत्तै सर्वदलीय बैठक बसेर मतगणना थालिएको थियो।
उम्मेदवार र दलका एक/एक जना प्रतिनिधि गणना स्थलमा बस्न पाउँने व्यवस्था गरिएको छ। १० हजार ९५७ मतदाता मध्ये सात हजार २३० मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
