नेपालमा खासगरी हिन्दू राष्ट्रको चर्चा तीव्र छ। तर त्यसको अग्रपंक्तिमा त्यस्ता मानिस छन् जसका कुरा समूहमा बसेर सुन्दा लाज लाग्छ। यद्यपि विचार निर्माणको नेतृत्व तिनैले गरिरहेका छन्।
धर्म र आस्थासम्बन्धी चलेको बहसले अहिले संसारलाई नै संवेदनशील तहमा तरंगित बनाएको छ। तर भइरहेका बहसहरू तथ्यपरक देखिएका छैनन्। तथ्यहीन बहस जति भइरहेको छन् त्यति नै अतिवाद हाबी हुँदै गएको छ।
तथ्य र तर्कमा आधारित विवेकभन्दा पनि कट्टरताप्रेरित आवेगको बलमा चर्किंदो बहसले विभिन्न आस्था हुनेहरूबीच कोभन्दा को ठूलो भन्ने होडबाजी चुल्याउँदै लगेको छ। त्यसले स्वाभाविक रूपमा ध्रुवीकरण र तिक्तता बढाइरहेको छ जुन मानवीय प्रगतिका लागि घातक संकेत हो।
यो परिवेशमा यस्ता विषयमाथि तथ्यगत बहसको महत्व झन् बढेर गएको छ। किनभने सही सूचनाले मात्र हामीलाई बोधको दिशातर्फ डोर्याउँछ। बोधसँगै असमझदारीहरू हट्छन्। तथ्यहरूलाई जाँच्ने र सत्यलाई जान्ने हुटहुटी हामीमा बढ्छ। फलस्वरूप बहसहरू झगडामा परिणत हुन पाउँदैनन् र विचारको आदानप्रदान तर्कहीन ध्रुवीकरणको बाटोमा जाँदैन।
नेपालमा खासगरी हिन्दू राष्ट्रको चर्चा तीव्र छ। तर त्यसको अग्रपंक्तिमा त्यस्ता मानिस छन् जसका कुरा समूहमा बसेर सुन्दा लाज लाग्छ। दुर्भाग्य के छ भने सञ्जालहरूमा अहिले यस्ता विषयमा विचार निर्माणको नेतृत्व त्यस्ता पात्रहरूले नै गरिरहेका छन्। माहोल यति ध्रुवीकृत छ कि यो विषयमा सान्दर्भिक विचार भएका मानिसहरूसमेत विचार प्रकट गर्नबाट तर्किरहेका छन्। त्यो माहोलको फाइदा उठाउँदै बहसमा थप अतिवादीहरू जोडिँदै गएका छन्।
समाजका अरू यावत् विषयमा जति छ त्यति नै मात्रामा धर्म वा आस्था र राजनीतिसित त्यसको सम्बन्धबारे पनि सार्थक विमर्श जरुरी छ। नत्र तथ्यपरक मध्यमार्गी बहसहरूको अभावमा ठाउँको ठाउँ अतिवादले जरा गाड्छ।
यही कुरालाई मध्यनजर गर्दै मैले धार्मिक आस्था र राजनीतिबीचको सम्बन्धबारे एउटा भिडियो शृंखला शुरू गरेको छु। त्यसको थालनी गरौँ संसारमा धर्म कसरी जन्मियो अनि त्यसमा टेकेर कसरी धर्मसत्ता र धार्मिक कट्टरता विकास भए भन्ने मन्थनबाट। शृंखलाको पहिलो भिडियो यसै विषयमा केन्द्रित छ।
झट्ट हेर्दा हामीलाई लाग्न सक्छ– हिन्दू राष्ट्रको माग उठिरहेकाले आस्था र राजनीतिबीचको गठजोडको विषय नेपालका लागि वा हाम्रो दक्षिणी छिमेकी भारतका लागि मौलिक विषय पो रहेछन् कि! तर विश्व इतिहासले वास्तविकता योभन्दा फरक देखाउँछ।
जतिबेला संसारमा धर्मको जन्म भयो त्यसबेलाका मानिसहरूको लागि यो आफ्नो नियन्त्रणबाहिरको बृहत् अस्तित्वसित संवाद गर्ने माध्यम थियो। खासगरी चोट, अन्याय वा पीडामा पर्दा उनीहरू भगवान पुकार्थे र भन्थे– सब उसैको लीला हो। तर राजनीतिक शक्तिसित यसको विशेष सम्बन्ध थिएन।
तथापि मध्यपूर्वको सानो भौगोलिक इकाईमा जब यहुदी, इसाई र इस्लाम गरी तीन वटा एकईश्वरवादी धर्म जन्मिए तब माहोल फेरियो। धर्मसित राजनीतिक सत्ता जोडियो। धर्म विस्तार मानिसको अहंकारको हतियार बन्यो। त्यसले इतिहासकै बर्बर द्वन्द्व र हिंसा निम्त्यायो। सँगै आधुनिक राष्ट्र–राज्यको जग पनि बसायो। त्यसैले आजको विश्व व्यवस्था बुझ्न यी दुई हजार वर्षमा आस्था र आस्थाको राजनीतिले पार गरेको दूरी नाप्नुपर्छ। त्यो कामको थालनी गरौँ शृंखलाको यो पहिलो भिडियोबाट:
लेखक क्षेत्रीले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीका लागि हेर्नुहोस्ः द हिमालयन गेज।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
