टोखा चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताउँछन्।
काठमाडौँ– माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ। माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ। माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नका लागि चाकु बनाउन भ्याईनभ्याई भएको टोखाका चाकु उद्यमीहरू बताउँछन्।
काठमाडौँको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेका छन्। अन्य समयमा पनि चाकु बनाइने तर माघे संक्रान्तिमा बढी माग हुने भएकाले टोखाका चाकु उद्यमीहरूलाई चटारो रहेको छ। उद्यमीहरूका अनुसार पछिल्लो समय अमेरिका, युरोप, अस्ट्रेलिया र चीनलगायत देशमा समेत चाकुको माग हुने गरेको छ। विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाइएको उनीहरूको भनाइ छ।

टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठ टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताउँछन्। उनका अनुसार माघे संक्रान्तिमा चाकुको माग बढी हुने र सीमित उद्यमी भएकाले उत्पादन गर्न भ्याईनभ्याई हुने गर्छ। चाकु परम्परागत रूपमा नै बनाउने भए पनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुने गरेको छ।
चाकुको गुणस्तर तथा मापदण्ड पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न समस्या भइरहेको उनले सुनाए। “गुणस्तरका कारण बजारमा बेचबिखनका लागि निर्यात गर्न सकिएको छैन,” उनले भने, “पैसाका लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिरहेका छौँ।”
टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठ माघे संक्रान्तिका लागि आवश्यक चाकु बनाउन भ्याईनभ्याई रहेको बताउँछन्। माघे संक्रान्तिका लागि चाकु बनाउन लागेको डेढ महिना भए पनि माग बढी हुँदा चाकु बनाउने चटारो नसकिएको उनको भनाइ छ। “अहिले माघे संक्रान्तिका लागि नियमित बनाउने गरिएको छ। अन्य समयमा बनाएको चाकु बिक्री नहुने गरेको भए पनि अहिले १० दिन अगाडिदेखि भ्याईनभ्याई छ,” उनले भने।

त्यस्तै, अर्का उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताए। उनले टोखाका चाकु उद्यमीहरूले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म नसुनेको बताउँदै पछिल्लो समय यहाँ उत्पादित चाकु अमेरिका र अस्ट्रेलियासमेत जाने गरेको सुनाए। काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि धेरै चाकु खपत हुने उनको अनुभव छ।
“चाकु महिलाहरू सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने भएको र न्यानो पनि भएकाले बढी बिक्री हुन्छ। अन्य ठाउँको भन्दा टोखाको चाकु राम्रो हुन्छ,” उनी भन्छन्, “मंसिरदेखि बनाएको अहिलेसम्म भ्याईनभ्याई छ।”
माघ १ गते मनाइने माघे संक्रान्ति पर्वमा घिउ र चाकुको परिकार महत्त्वपूर्ण मानिन्छ। चाकु खासगरी जाडो महिनामा खाने चलन छ। –न्युज एजेन्सी नेपाल
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
