मुस्ताङका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मुस्ताङ- जिल्लाका प्रतिनिधि र प्रदेशसभाका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

पछिल्लोपटक मुस्ताङ प्रदेशसभा (ख)मा कांग्रेसका विकल शेरचन विजयी भएका छन्। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे। 

शेरचनले २ हजार ७२३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी गौचनले २ हजार ५६५ मत पाए। 

यसअघि प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन विजयी भएका थिए। त्यसैगरी प्रदेशसभा (क) मा पनि कांग्रेसकै नम्डु गुरुङ विजयी भएका थिए।

२०७४ सालको निर्वाचनमा कांग्रेसले मुस्ताङमा हार बेहोरेको थियो। पाँच दलीय सत्ता गठबन्धनबाट मुस्ताङका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार थिए।