यी बहुरंगी पार्टीहरूले जनतामाथि शासन गर्ने एक मात्र उद्देश्यले चुनाव भनिने रामलीलामा ‘अनुमान चालिसा’ पढ्दै एकार्काको चर्को विरोध गर्ने गर्छन्। यस्तो कर्मकाण्डलाई घोषणा-पत्र भन्ने गरिन्छ।
वैकुण्ठलोकको साकेतधामस्थित विशाल दरबारमा बन्धुबान्धवसहित राम सपरिवार गफगाफमा व्यस्त छन्। भव्य बैठक कक्षमा बसेर राम र लक्ष्मण दुवै दाजुभाइ भूलोकका सबै घटना नियालिरहेका छन्।
लक्ष्मण: दाजु मान्नुस् या नमान्नुस्, तपाईं राजनीतिक चेपुवामा परिसक्नुभो। नचाहँदा नचाहँदै पनि तपाईं राजनीतिक हुल्लडबाजीमा फस्ने हुनुभो अब।
राम: राजनीति? त्यो के जिनिस हो? झट्ट सुन्दा त कोभिडजस्तै कुनै संक्रामक रोग हो कि जस्तो लाग्छ। तिम्रो विचारमा नियमित मास्क लगाउने र बारम्बार हात धुनाले यसमा केही फाइदा होला त लक्ष्मण?
लक्ष्मण: मलाई त शंकै लाग्छ। चिकित्सा विज्ञानले आजसम्म पत्ता लगाएकामध्ये राजनीति सबैभन्दा संक्रामक रोग हो। राजनीतिमा धेरै मानिसहरू मिलेर छुट्टाछुट्टै समूह बनाउँछन्, जसलाई पार्टी भनिन्छ। यी बहुरंगी पार्टीहरूले जनतामाथि शासन गर्ने एक मात्र उद्देश्यले चुनाव भनिने रामलीलामा अनुमान चालिसा पढ्दै एकार्काको चर्को विरोध गर्ने गर्छन्। यस्तो अनुमान-चालिसालाई घोषणा-पत्र भन्ने गरिन्छ।
राम: म राजनीतिको कबाबमा हड्डी बनेर कसैको पनि खुशियालीको क्षण खोस्न चाहन्नँ। यस कुरासँग मेरो केही लेनादेना छ र भाइ?
लक्ष्मण: यो सबै कुराको सरोकार नै तपाईंसँग मात्रै त छ दाजु। तपाईं खालि सत्तारूढ दलको मात्रै अजेन्डा होइन, सत्तारूढ दलको विरोध गर्ने विपक्षी दलको अजेन्डामा पनि हुनुहुन्छ। विपक्षी दललाई पनि तपाईंको उत्तिकै खाँचो छ। ती दुवैका लागि तपाईं अपरिहार्य भइसक्नु भएको छ।
राम: ए, त्यसो भए राजनीतिक मुद्दाको अवतारमा म एकै समय एकै पटक दुई ठाउँमा रहने भएको छु, 'राम और श्याम' जस्तो डबल रोलमा। सुन्दै मेरो जिउ सिरिंग भयो। मेरो व्यक्तित्व विखण्डित भइसकेकै हो त! यस्तो कसरी हुन सक्छ?
लक्ष्मण: अबदेखि समय गणना कसरी गरिन्छ, यो सबै त्यसकै अभिन्न अंग हो। पहिला सबै घटना बीसी अर्थात् 'इसापूर्व' र एडी अर्थात् 'इस्वी संवत'बीच तारिखबद्ध गरिन्थ्यो। आइन्दा सबै घटना पीएम र पीएमबीच मात्रै समय विभाजन गरिनेछ।
राम: तर पीएम र पीएम त उस्तै उस्तै र एउटै कुरा होइन र!
लक्ष्मण: उस्तै हुन् र होइनन् पनि। एउटा पीएम ले 'मन्दिर निर्माणपूर्ण' र अर्को पीएम ले 'मन्दिर निर्माणपश्चात्'लाई जनाउँछ। यो सबै कुरा र सबै जनालाई विभाजन गर्ने महत्त्वपूर्ण ऐतिहासिक क्षण हो, तपाईं समेतलाई।
राम: मैले यूट्युबमा यस मन्दिरको भिडियो हेरेँ, साँच्चिकै अति आकर्षक देखिन्छ। अनि यो कसरी विभाजनकारी तत्त्व हुन पुग्यो?
लक्ष्मण: किनभने सरकार आफैँले मन्दिर निर्माण गरी यसमाथि लालमोहर लगाएको छ। साथै तपाईंमाथि समेत ट्रेडमार्क कायम गरी लालमोहर सदर गरेको छ। तर विपक्ष तपाईंमाथिको लालमोहर स्वीकार्न तयार छैन। उसले पनि तपाईंमाथि आफ्नो दाबी गरेको छ। त्यसैले दाजु, अबदेखि तपाईं सिंगल होइन 'डबल तपाईं' हुनुहुनेछ– एउटा 'सरकारी तपाईं' र अर्को 'विपक्षी तपाईं'। हो, यसलाई तपाईंको डबल रोल भन्दा हुन्छ।
राम: हे राम!
लक्ष्मण: होइन, होइन! सिंगल तपाईंले खालि एकपल्ट मात्रै भनेर पुगेन। 'डबल तपाईं' ले दुई पटक 'हे राम, हे राम' भन्नुपर्ने हुन्छ।
(टाइम्स अफ इन्डियाका पूर्व सहयोगी सम्पादक तथा प्रसिद्ध हास्य स्तम्भकार जग सुरैयाको यो लेख उनको बुधबारीय नियमित हास्य कोलमका रूपमा छापिनुपर्ने थियो। पत्रिकाले उक्त लेख छाप्नेमा सुरैयाकी श्रीमती बन्नीले शंका गरेसँगै सुरैयाले अर्को 'चोट नपुर्याउने खाल'को लेख पत्रिकाका लागि पठाएका थिए। नभन्दै पत्रिकाले रामवाला लेख नछापेर वैकल्पिक लेख छाप्यो। त्यसपछि द वायरमा उनले यो लेख पठाए। अंग्रेजीमा छापिएको सो लेखको यो नेपाली रूपान्तर अशोककुमार झाले गरेका हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
