जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखरखेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखरखेती शुरू गरेका छन्।
बागलुङ– बसाइसराइका कारण बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै छन्। बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र? बलियाबांगा बिदेसिएकाले बुढाबुढी र केटाकेटी मात्र गाउँमा छन्। जसोतसो खेती लगाऊँ भने पनि घरघर डुल्ने बाँदरबाट जोगाउनै मुस्किल भएपछि अधिकांश गाउँलेको यही नै साझा पिरलो भएको छ।
गाउँमा खेती जोगाउन र बाँझो जग्गाको उपयोग गर्न खोज्नेहरूले अहिले पनि बाँदरले नखाने खेती के हुन्छ भनेर खोजी गरिरहेका छन्। यसै क्रममा बागलुङ नगरपालिका–५ मालिकादेखि वडा नं ९ तित्याङको उच्च भेगका किसान अहिले ओखर र किवी खेतीमा तानिएका छन्। किसानको मागअनुसार बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका पाँच वडामा ओखरखेतीको शुरूआत गर्न लागेको छ।
यो वर्ष नै एक हजार ३५० बिरुवा किसानलाई उपलब्ध गराइने नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए। बजारमा दाँते ओखरको माग उच्च छ। स्थानीय बजारमै पठाउन सकिने भएकाले पनि किसानले ओखरको माग गरेको उनको भनाइ थियो। नगरपालिकाको वडा नं ५ देखि ९ सम्म एक हजार ६०० मिटरभन्दा माथिको भूभागमा यो खेती गर्ने नगरपालिकाले योजना बनाएको छ।
“किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा ओखरखेती कार्यक्रम सञ्चालन गर्न थालिएको हो । अधिकतम बाँझो जग्गा उपयोग गर्ने र किसानलाई आम्दानीसँग जोड्ने हाम्रो अभियान हो,” शाखाप्रमुख सापकोटाले भने, “कास्मिरी थिनलेस जातको ओखर लगाउने तयारी छ। बैतडी जिल्लामा उत्पादन भएका बिरुवा बागलुङ ल्याएर लगाउने तयारी भइरहेको छ। बाँदरले कम क्षति गर्ने भएकाले किसानको उच्च माग मागलाई हामी कार्यान्वयनमा ल्याउने सोचमा छौँ।”
ओखरसँगै किवी खेतीलाई पनि प्रवर्द्धन गरिने उनले बताए। यो वर्ष ५०० किवीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने छ। फलफूल प्रवर्द्धन कार्यक्रमका लागि नगरले २० लाख रुपैयाँ विनियोजन गरेको छ। कुल बजेटको ७० प्रतिशत नयाँ बाली विस्तारमा खर्च गरिने छ।
जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखरखेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखरखेती शुरू गरेका छन्।
“दैनिक स्याहार गर्नुपर्ने खेतीपाती लगाउन नसकिएकाले विकल्प खोज्दा ओखरखेती भेटियो। केही वर्षअघि परीक्षणका रूपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखरखेती गर्ने योजना बनाइएको हो,” जैमिनी–३ का किसान प्रेमबहादुर छन्त्यालले भने, “मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म ओखर फलेको छ। व्यावसायिक रूपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ।”
उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन्। यहाँका किसानले गठन गरेको छन्त्याल किसान समूहमा आबद्ध भएका तीन भाइले एक सय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन्।
एक हजार २०० बिरुवा रोप्नका लागि १७ लाख रुपैयाँ खर्च भएको परियोजनाले जनाएको छ। खर्चमध्ये परियोजनाले १० लाख रुपैयाँ अनुदान दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
