अचार उत्पादनका लागि गाउँपालिकाले २४ जना महिलालाई तालिम प्रदान गरेको छ। पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घरसमेत सञ्चालनमा ल्याउने तयारी छ।
धनकुटा– चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ।
यसका लागि गाउँपालिकाले २४ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरेको छ। सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गरिएको बताए।
उद्यमी विष्णुमाया कन्दङवाले सुकुटी बनाउनेसँगै मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण प्रदान गरेकी थिइन्।
पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउने तयारी छ। “यसले एकल महिलाको जीवनस्तर उकास्न महत्त्वपूर्ण सहयोग पुग्नेछ,” अध्यक्ष लिम्बूले भने।
पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको १०० किलोमिटर भेडेटार–रवि–राँके राजमार्ग कालोपत्र भइरहेको छ।
सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटक बढ्ने पालिकाको विश्वास छ। ती पर्यटकलाई लक्षित गरेर ‘कोसेली अचारको’ कार्यक्रम शुरू गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
