नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरे।
काठमाडौँ– एसीसी प्रिमियर कपमा नेपालले कतारलाई जितका लागि २११ रनको लक्ष्य दिएको छ। दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेसँगै नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको हो।
ओमानमा जारी प्रतियोगिताको दोस्रो खेलमा शनिबार नेपाल कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको थियो। सो क्रममा नेपालले ७ विकेट गुमाएर २१० रन बनायो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ७ छक्का र तीन चौकाको मदतमा ६४ रन बनाउँदै अविजित रहे। उनले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। त्यस्तै, आशिफ शेखले ५२, कुशल मल्ल ३५, कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेल १२ रनको योगदान दिए।
बलिङतर्फ कतारका हिमान्सु रोहित र मुशावर शाहले सामान ३/३ विकेट लिए। अमिर फारूखको नाममा १ विकेट रह्यो। अहिले कतार जवाफी ब्याटिङ गरिरहेको छ।
नेपालले शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
