एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा नेपालसँग कतार ३२ रनले पराजित भएको छ।
काठमाडौँ– एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा नेपालले कतारविरुद्ध जित हात पारेको छ। नेपालसँग कतार ३२ रनले पराजित भएको हो।
नेपालले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो।
कतारका लागि कप्तान मुहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बल खेल्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै, मोहम्मद अहनाफले २३ रन बनाउँदा हिमान्सु राठोडले अविजित २२ रन बनाए। अड्नान मिर्जाले १९, कमरन खानले १८ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २/२ विकेट लिए भने कुशल मल्ल र अविनाश बोहराका नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनायो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। उनले एकै ओभरमा ६ छक्का प्रहार गर्दै भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका हुन्।
अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै ऐरीले सर्वाधिक ६४ रन बनाए। २१ बल खेलेका उनले ७ छक्का र ३ चौका प्रहार गरे।
त्यस्तै, आशिफ शेखले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रन बनाए भने कुशल मल्लले १८ बल खेल्ने क्रममा ३ छक्का र २ चौकाको सहयोगमा ३५ रन बनाए।
कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले ५/५ रनको योगदान दिए।
बलिङतर्फ कतारका लागि हिमान्सु राठोड र मुसावर शाहले ३/३ विकेट लिए। अमीर फारूकको १ विकेट रह्यो।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
