कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

दिउँसो, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र  कर्णालीका पहाडी भूभागमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।

गण्डकी र  कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।