सानदार जितसहित म्यानचेस्टर सिटी शीर्षस्थानमा

साबिक विजेता म्यानचेस्टर सिटी शनिबार लुटन टाउनलाई ५–१ ले पराजित गर्दै पुन: तालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

काठमाडौँ– साबिक विजेता म्यानचेस्टर सिटी शनिबार सानदार जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

इतिहाद स्टेडियममा घरेलु टोली सिटीले लुटन टाउनलाई ५–१ ले पराजित गरेको हो। 

सिटीको जितमा माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे। सिटीले १ गोल उपहार पाएको थियो। लुटनका रोस ब्राकलेले गोल फर्काए। 

जितसँगै शीर्षस्थानमा फर्किएको सिटीको ३२ खेलबाट ७३ अंक पुगेको छ।

सिटीले २२ जित, ७ बराबरी र ३ हार बेहोरेको छ। लुटन समान खेलमा २५ अंकसहित १८औँ स्थानमा छ।