मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
काठमाडौँ– इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।
नेपाली राष्ट्रिय टिम र इंग्ल्यान्ड ‘सी’बीच आउँदो मे महिनामा इंग्ल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्नेछ। बेलायतको अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा मे ६ मा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ। नेपालले पहिलो पटक इंग्ल्यान्ड ‘सी’सँग खेल्न लागेको हो।
नेपालको प्रारम्भिक टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, किरण चेमजोङ, सन्तोष महत रहेका छन्। डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन्।
यसैगरी, मिडफिल्डर भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की तथा फरवार्ड अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पिजङ कार्की, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
