हर्पेन्जिनाको रोकथामको लागि कुनै प्रभावकारी खोप छैन। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ नै रोकथामको मुख्य आधार हो।
आजभोलि काठमाडौँमा साना बच्चाहरूको घाँटीभित्र दाना (अलि ठुला गिर्खा) देखिने समस्या बढ्दै गएको छ। अहिले यो समस्या तीव्र गतिमा फैलँदै गएको छ। भाइरसबाट सर्ने सरुवा रोग हो हर्पेन्जिना। प्रायजसो पाँच वर्षमुनि र कहिलेकाहीँ किशोरावस्थाका तथा केही वयस्कमा पनि यस्तो समस्या देखिने गर्छ।
कारक तत्त्व र सर्ने तरिका
कोक्सेक्कीभाइरस ए १६ र इन्टेरोभाइरस ७१ जस्ता इन्टेरोभाइरसहरूका कारण बच्चाहरूमा हुने एक सामान्य रोग हो हर्पेन्जिना। यो रोगबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानीको ससाना थोपा व्यक्तिको आँखा, मुख अनि नाकमा परेपछि यो भाइरस फैलन्छ।
लक्षणहरू
-एक्कासी ज्वरो आउने
-मुखभित्र खटिराको कारण पीडा महसुस हुने
-खाना खान नसक्ने
सानो रातो दागसँगै डाबरको रूपमा यो सुरु हुन्छ र त्यसपछि अल्सरसमेत हुन सक्छ। दानाहरू १ देखि १५ वटा हुन सक्ने भएपनि औसतमा ५ वटा जति हुने गर्छ। अलि हुर्केका बच्चामा टाउको दुख्ने, ढाड दुख्ने र केहीमा पेट दुख्ने तथा बान्ता हुने गर्छ।
जटिलता
यो समस्या भएका व्यक्तिको शरीरमा पानीको मात्रामा कमी आउँछ र दुर्लभ जटिलतामा मेनिन्जाइटिस र पक्षाघातसमेत हुन सक्छ।
व्यवस्थापन
यो समस्या भएका बिरामीले धेरै पानी पिउनुपर्छ। पर्याप्त मात्रामा आराम गर्नुपर्छ र मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्न लाक्षणिक उपचार गर्नुपर्छ। अभिभावकले बच्चाको अवस्था राम्ररी जान्नुपर्छ र धेरै ज्वरो आइरहेमा, होस गुमाउँदै गएमा वा अवस्था झनै खराब भएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।
रोकथाम
हर्पेन्जिनाको रोकथामको लागि कुनै प्रभावकारी खोप छैन। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ नै रोकथामको मुख्य आधार हो। अतः व्यक्तिगत र वातावरणीय सफाइमा ध्यान दिऊँ, साना नानीहरूलाई सरसफाइको अभावमा हुनसक्ने अन्य रोगबाट समेत तिनलाई जोगाऊँ।
(बिक कान्ति बाल अस्पताल, काठमाडौँका बालरोग विशेषज्ञ हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
