आर्सनल र लिभरपुल पराजित, म्यानचेस्टर सिटीलाई फाइदा

शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्। 

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल आफ्नै घरेलु मैदानमा पराजित भएका छन्।

उपाधि होडमा रहेका दुवै टोली पराजित भएपछि यसको फाइदा म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ। अब सिटीको शीर्षस्थानमा दुई अंकको अग्रता भएको छ। 

आइतबार राति इमिरेट्स स्टेडियममा एस्टन भिल्लासँग घरेलु टोली आर्सनल २–० गोलले स्तब्ध बन्यो।

दोस्रो हाफको अन्त्यतिर भिल्लाले दुई गोल गरेको थियो। ८४ औँ मिनेटमा लियोन बेली र ८७‍औँ मिनेटमा ओली वाटकिन्सले गोल थप्दै जित दिलाए।

आइतबार राति नै एनफिल्डमा भएको अर्को खेलमा क्रिस्टल प्यालेससँग लिभरपुल १–० ले पराजित भयो।

शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्।