समूह 'ए' अन्तर्गतको तेस्रो खेलमा सोमबार नेपालले हङकङलाई ८ विकेटले हराएको हो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडाैँ– एसीसी प्रिमियर कप-२०२४ मा लगातार तीन खेल जितेर नेपालले एक खेल अगावै सेमिफाइनल प्रवेश पक्का गरेको छ। समूह 'ए' अन्तर्गतको तेस्रो खेलमा सोमबार नेपालले हङकङलाई ८ विकेटले हराएको हो।
पहिलो खेलमा नेपाल मलेसियाविरुद्ध पाँच विकेटले विजयी भएको थियो भने शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
सोमबार हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत दिलाए। आसिफले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। कुशलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए।
रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे। सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए। बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए।
त्यसअघि ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भएको थियो। हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए। उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन्।
त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए। त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट तथा करण केसीले एक विकेट लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
